राष्ट्रिय फुटबल उपमेयर कपका लागि हिड्यो महिला खेलाडिको टिम


सुर्खेत । राष्ट्रिय फुटबल उपमेयर कप प्रतियोगिताका लागि वीरेन्द्रनगरबाट महिला खेलाडिको टिम काठमान्डौ  प्रस्थान गरेको छ ।  बुधबार २२ जना महिला खेलाडिको टिम काठमान्डौ प्रस्थान गरेको हो ।

 टिममा तिनजना नेपाली सेनाको तर्फबाट समेत खेलाडि रहेको जिल्ला फुटवल संघले जानकारी दिएको छ । संघका अनुसार पर्सी (शुक्रबार) काठमाण्डौंमा हुने उपमेयर कपको छनौट चरणको खेलमा टोलीले प्रतिस्प्रधा गर्नेछ ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रम आयोजना गरी महिला खेलाडीको टोलीलाई काठमाण्डौंका लागि बिदाई गरेकी छन् । उनले टोलीलाई काठमाण्डौं पठाउन आयोजना गरिएको कार्यक्रममा हौसलाका साथ प्रतिस्प्रधामा सहभागि हुन आग्रह गरिन् । नगरपालिकाले महिला खेलाडीका लागि आवश्यक सहयोग गर्न सँधै तत्पर रहेको समेत बताइन् ।

टोलीको नेतृत्व सुर्खेत जिल्ला फुटवल कोच नविन भण्डारीले गरेका छन् ।