चलचित्र ह्यारी की प्यारी आजदेखि हलमा


सुर्खेत । नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । चलचित्रमा रेखा थापाको विशेष भूमिका रहेको छ ।

डा.कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा उनकै कथा र निर्देशन रहेको छ । चलचित्रको पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको सङ्गीत रहेकोमा सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन तथा कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।