प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, कांग्रेसलाई पनि समेट्ने प्रयास


सुर्खेत । राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । पर्सि हुने सभामुखको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिने बताउँदै आएका छन् । गएको पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशामा छन् । यही पृष्ठभूमि बनाउन कांग्रेसले गत २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो ।

सर्वदलीय बैठक अघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।