काँग्रेसबाट गुर्भाकोटको मेयर र उपमेयरमा पुन र विकको उम्मेदवारी

सुर्खेत । नेपाली काँग्रेसबाट गुर्भाकोट नगरपालिकाको मेयरमा हस्त पुन र उपमेयरमा मैना विकले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि नगरपालिकामा उम्मेदवार  भएर मेयरमा पुन र उपमेयरमा विकले  जितेका थिए । दुवै जनाले नगरको मेयर र उपमेयरको उम्मेदवार बन्न राजीनामा दिएर उम्मेदवारी दर्ता गरेका हुन् ।