सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेशको पदाधिकारीमा पनि संस्थापन (देउवा) पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रदेश सभापतिदेखि पदाधिकारीसम्म संस्थापन पक्षले जित हासिल गरेको हो । सभापतिमा ललितजंग शाहीले चार सय २२ मत ल्याएर विजयी भएका छन् ।
उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमार कार्की विजयी भएका छन् । सहकारीले चार सय ५६ र कार्कीले चार सय ४३ मत ल्याएका हुन् ।
यस्तै महामन्त्रीमा कृष्ण बहादुर रोकाय र निरञ्जन केसी विजयी भएका छन् । रोकायले चार सय २३ र केसीले चार सय २५ मत ल्याएका छन् ।
सहमहामन्त्रीमा उपेन्द्र बहादुर थापा र एकराज डांगी विजयी भएका हुन् । थापाले चार सय ३० र डांगीले चार सय ५९ मत ल्याएका छन् । सहमहामन्त्री महिलातर्फ रामछाया कुमारी शाहीले चार सय २४ मत ल्याएर विजयी भएकी छन् । सदस्यहरुमा पनि संस्थापन पक्षकै बर्चश्व रहेको छ ।
फरकबाटो १९ मंसिर २०७८, आईतवार ११:१३