राप्रपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमाबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।