वीरेन्द्रनगरकी उपप्रमुख ढकालले राजीनामा दिइन्

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहन माया  ढकालले पदबाट राजीनामा दिएकी छन् । ढकाल नगरपालिकाको प्रमुखको उम्मेदवार हुन् । उम्मेदवार बन्नका लागि जनप्रतिनिधिको पदबाट राजीनामा दिनुपर्ने भएकाले ढकालले राजीनामा दिएकी हुन् ।

नेकपा एमालेले वीरेन्द्रनगरको प्रमुखमा ढकाल र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । आज उपमेयर ढकालसहित ३६ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।