घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको छ ।

आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । नेता भुसाल हिजो एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

नेकपा एमालेका उपमहासचिव रहेका भुसाल मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा टिकट नपाएपछि नेकपा एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।