एमालेले महानगर र उपमहानगरको उम्मेद्वार १० वैशाखमा टुंग्याउने

काठमाडौं । नेकपा एमालले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुंगो लगाउने भएको छ ।

बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो ।

ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने सचिव योगेश भट्टराईले बताए ।