
सुर्खेत । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज बुधवार विज्ञप्ति निकालेर राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिए ।
रायमाझीलाई यस प्रकरणमा सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धान सहयोग गर्न पनि केन्द्रीय सचिवालय बैठकले निर्देशन दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
अहिले फरार रहेका रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सचिव रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

फरकबाटो २७ बैशाख २०८०, बुधबार १५:२२