वीरेन्द्रनगरका सबै वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नगरपालिका १६ वटै वडामा मंगलबार भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

एमाले प्रदेश कमिटी सदस्य एवं वीरेन्द्रनगरका उपप्रमुख मोहन माया ढकालका अनुसार वडा नं १ को अध्यक्षमा हरि पौडेल, वडा नं २ को अध्यक्षमा लालसिंह सुनार, वडा नं ३ को अध्यक्षमा विनोदसिंह विष्ट , र वडा नं ४ को अध्यक्षमा नवराज कंडेल सर्वसम्मत निर्वाचित भएका हुन ।

यस्तै वडा नं ५ को अध्यक्षमा बासु आचार्य, वडा नं ६ को अध्यक्षमा चक्र खड्का , वडा नं ७ को अध्यक्षमा खड्क बहादुर दर्लामी र वडा नं ८ को अध्यक्षमा देवी पौडेल रहेका छन् ।

वडा नं ९ को अध्यक्षमा धन बहादुर सलामी , वडा नं १० अध्यक्षमा लक्ष्मी शाही र वडा नं ११ को अध्यक्षमा मा रविन्द्र रेग्मी , वडा नं १२ को अध्यक्षमा चुडामणी चपाई , वडा नं १३ को अध्यक्षमा बासुदेव पौडेल , वडा नं १४ को अध्यक्षमा नवराज रोकाय , वडा नं १५ को अध्यक्षमा हिक्मत वली र वडा नं १६ को अध्यक्षमा भुपेन्द्र ज्ञवाली सर्वसम्मत निर्वाचित भएका हुन ।