दशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न पार्टीमा रहेकाहरू क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताएका छन् ।

देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको उनले दावी गरे । अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एक पटक फेरि फैलिएको उल्लेख गरे ।

मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाई थियो ।