बालकोटमा ओली र रवि लामिछानेबीच भेटवार्ता

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा शनिबार विहान भेट भएको लामिछानेका सचिवालय संयोजक दीपक बोहराले जानकारी दिए ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका छन् । मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ । यही सन्दर्भमा ओली र रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको हो ।