कर्णाली प्रदेशको सभामुखमा एमालेले नन्दा गुरुङलाई बनायो उम्मेदवार


सुर्खेत । नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ । एमाले प्रदेशका नेताहरूको आज बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको नेकपा एमाले प्रदेशका सह-ईन्चार्ज गुलाबजङ् शाहले जानकारी दिए ।

‘उनका अनुसार आजै प्रदेश सभामा उम्मेदवारी दर्ता गर्ने दिन भएकोले सभा जाने तयारी भएको छ ।

गुरुङ समानुपातिक सांसद हुन् । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप(सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।