हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो ।
यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ । सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ ।
फरकबाटो ३० चैत्र २०७८, बुधबार १७:५०