
सुर्खेत । आलोपालो बचत तथा ॠण सहकारी संस्था लि. को अध्यक्षमा कुलबहादुर खत्री निर्विरोध चयन भएका छन् । संस्थाको १५ औं वार्षिक साधारण सभाबाट खत्री निर्विरोध अध्यक्षमा चयन भएका हुन् । यस्तै नौ सदस्यीय कार्यसमितिको उपाअध्यक्षमा हरीबहादुर खड्का, सचिवमा सीता वली, कोषाध्यक्षमा सुनिता वली चयन भएका हुन् । सदस्यहरुमा टिकाराम वली, इन्द्रबहादुर खत्री, मैया चौधरी, धनबहादुर खत्री र डिल्ली प्रसाद लम्साल चयन भएका हुन् ।
यस्तै संस्थाको लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा हिरालाल ढकाल सहित सदस्यहरुमा चरित्राकुमारी केसी र रेणु वली चयन भएका हुन् । वीरेन्द्रनगर ११ मा रहेको सहकारीमा नौ सय बढी शेयर सदस्यहरु रहेका छन् । संस्थाले १५ वार्षिक साधारण सम्म आइपुग्दा वीरेन्द्रनगरका विभिन्न पाएकपर्ने स्थानहरु शाखा रहेको संस्थाका नवनिर्वाचित अध्यक्ष कुलबहादुर खत्रीले जानकारी दिए ।
हाल संस्थाको कुल कारोबार ११ करोड ८९ लाख १८ हजार ६ सय ७० पुगेको छ । संस्थाले हरेक वार्षिक साधारण सभामा नियमित बचत कर्ता, असल ॠणी, एकल पुरुष तथा एकल महिलालाई हौसला प्रदान, शेयर सदस्यका छोराछोरीहरुलाई शैक्षिक हौसला, शेयर सदस्यहरुको जिवनपरिवर्तनका कथा तथा जेष्ठ सदस्य हौसला तथा सम्मान कार्यक्रम गर्दै आएको छ ।
संस्थाले विशेषगरी कृषि क्षेत्रमा बढी लगानी गर्ने गरेको संस्थाका प्रबन्धक चरित्रकुमार बि.सीले जानकारी दिए । दैनिक बचत, बाल बचत लगाएतका थुप्रै बचतका कार्यक्रम रहेको सहकारीले आगामी दिनमा सामाजिक क्षेत्रमा समेत काम गर्ने योजना बनाएको वि.सीले बताए ।
शनिबार संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै जिल्ला बचत तथा ॠण सहकारी संघका अध्यक्ष पदम दाहालले सहकारीकै माध्यमबाट आर्थिक उन्नती गर्न सकिने बताए । सानो बचतले ठुलो काम टर्नेभएकोले बचत गर्ने बानीको विकास गर्न उनले शेयर सदस्यहरुलाई आग्रह गरे । कार्यँक्रमको प्रमुख अतिथि समेत रहेका दाहालले सहकारीको विकास भए मात्रै समाज विकास हुने तर्क गरे ।
कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले प्रदेश सरकारले सहकारी मार्फत समेत ॠण अनुदानको कार्यक्रम कार्यान्वयन गरेकोले तोकिएको मापदण्ड पुरा गरी सम्पर्कमा आउन आग्रह गरे । नागरिकहरुलाई कृषि उत्पादनमा जोडेर आर्थिक उपार्जनका साथै अर्गानिक उत्पादनमा समेत टेवा दिन सकिने उनले सुनाए ।

फरकबाटो ३० आश्विन २०७९, आईतवार १४:३९