पल प्रकरणः पीडित नाबालिकाले फेरिन् बयान

तनहुँ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहबारे आरोप लगाएकी नाबालिकाले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्र गर्ने क्रममा पीडित भनिएकी नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।

पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु अरु कसैको उक्साहटमा लेखिएको जिकिर अदालत स्रोतले जनाएको छ ।
उनका बुबाले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए। शाह अहिले पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।