
काठमाडौं । नेकपा एमालेले आउँदो वैशाख ९ गते पालिका चुनावको घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताहरूले बुझाएका सुझावपत्र लिँदै आज मङ्गलवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले पालिकालाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यस पटक एमालेले गर्ने काम नागरिकले बुझ्ने गरी घोषणापत्रमा राख्ने जानकारी दिए ।

फरकबाटो २९ चैत्र २०७८, मंगलवार १७:४७