एकीकृत समाजवादीले एकता गर्न सम्भव हुने शक्तिसँग वार्ता गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एकता गर्न सम्भव हुने शक्तिसँग वार्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय गरेको हो ।

कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
विभिन्न दल र शक्तिहरुसँग भएको वार्ताबारे महासचिव डा.वेदुराम भुसालले तयार पारेको रिपोर्ट केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय समेत भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीति र संगठनात्मक अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष नेपालले कार्यकर्ता पंक्ति अब हुने सबै तहको चुनावमा जुट्नुपर्ने भएकाले आवश्यक योजना बनाउन पनि निर्देशन दिएका छन् ।