सुर्खेत। चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका बोध विक्रम जिसी र उपाध्यक्षमा मिना कुमारी रोकाय विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा जिसी ६१ मत अन्तरले विजयी भएका हुन् । उनले तीन हजार ५९१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका डोर प्रसाद शर्माले तीन हजार ५३० मत ल्याए ।
यस्तै उपाध्यक्षमा रोकायले तीन हजार ५८१ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मनमाया आचार्यले तीन हजार ४६९ मत ल्याइन् ।


फरकबाटो ३ जेष्ठ २०७९, मंगलवार १५:२५