
सुर्खेत । वीरेन्द्रनगरमा लागुऔषध र डेढ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलिले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका १० पदमपुरमा कोठा भाडामा बस्दै आएका वीरेन्द्रनगर १३ का २५ वर्षीय बर्ण बास बोहोरा र सोही ठाउँका २८ वर्षीय भिमा तामाङ रहेका छन् । प्रहरीले उनीहरुबाट एक लाख ५६ हजार १२० रुपैयाँ नगदसहित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ आठ ग्राम ६७० मिलिग्राम, सेतो हिरोईन जस्तो देखिने पदार्थ सात ग्राम १४० मिलिग्राम र डिजिटल तराजु दुई थान बरामत गरेको छ ।
लागुऔषध कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनीहरुबाट दुई थान मोबाइल, एटिएम कार्ड पनि बरामत गरिएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरकबाटो २३ चैत्र २०७८, बुधबार १७:२४