ए डिभिजन लिगमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० ले हरायो


सुर्खेत । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई फराकिलो अन्तरले हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० गोलले हरायो । फ्रेन्ड्सका लागि राफिक अमिनुले दुई तथा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एकरएक गोल गरे ।

यो जितसँगै नौ खेलमा आठ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा नौ अङ्कसहित ११ औँ स्थानमा छ ।

यस्तै आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । थ्री स्टार नौ खेलमा १५ अङ्कसहित छैटौँ र १५ अङ्क नै भएको चर्च ब्वाइज तेस्रो स्थानमा छ ।