प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुल्यो


सुर्खेत । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक नागरिकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् ।

निवेदनको ढाँचा र थप जानकारी स्थानीय पालिकाको रोजगार सेवा केन्द्र तथा श्रम मन्त्रालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

निवेदनका साथ नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपाङ्गताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।