मिनी बस कर्णालीमा खस्दा एक जना बेपत्ता

कालिकोट । जिते जारकोट सडकखण्डमा पर्ने कणालीमा मिनी बस दुघर्टना हुँदा एक जना बेपत्ता भएका छन् । कर्णाली करिडोरको जितेगडा–कोल्टी सडकखण्डको पचाल झरना गाउँपालिका–८ मा पर्ने भैसिसेन नजिकैबाट मिनी बस कर्णाली नदीमा खसेको हो ।

कर्णाली प्रदेश ना ००२ ख ०१६२ नम्बरको मिनी बस आइतबार दिउँसो कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।

मिनी बसमा चालक, सहचालक र एक जना यात्रु सवार थिए । चालक र एक जना यात्रु पौडी खेलेर बच्न सफल भएका छन् भने सहचालक बेपत्ता छन् । सहचालक रास्कोट नगरपालिका –१ का १९ वर्षीय जीवन शाही बेपत्ता भएका हुन् ।  रास्कोटको शान्तिघाट प्रहरी पोस्टमा इन्ट्री गर्दा तीन जनामात्र सवार भए पनि बाटोमा अन्य यात्रु चढे नचढेको खुलेको छैन ।

। मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको छ।