
सुर्खेत । अनुगमनको क्रममा भेटिएको नौ लाख बढीकोे अखाद्य बस्तु नष्ट गरिएको छ । अनुगमनको क्रममा जफत गरिएको नौ लाख १० हजार ४ सय ६३ मुल्य बराबरको अखाद्य बस्तु नष्ट गरिएको हो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनुगमनको क्रममा भेटिएका बस्तु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।
अनुगमनका क्रममा एक वर्षको अवधिका अखाद्य बस्तु बरामत गरेको थियो । अनुगमनको क्रममा म्याद नाघेका, गुणस्तरहिन दैनिक उपभोग्य बस्तुहरु बरामत गरिएको र उक्त बस्तुहरु नष्ट गरएको थापाले बताए ।
कार्यालयले जनशक्ति र स्रोत साधनको अभावमा पनि अनुगमनलाई निरन्तरता दिएको उनको भनाई छ । कार्यालयले खाद्य उद्योग, दाना उद्योग, दुध, पानी उद्योग, खाद्य बजार होटल, रेष्टुरेन्टहरुको पनि अनुगमन गर्ने गरेको छ ।
एक वर्षको अवधिमा १ सय ३१ पटक बजार अनुगमन, दश पटक दाना उद्योग, ८० पटक होटल, रेष्टुरेन्ट, ८० पटक खाद्य उद्योग, छ पटक दाना उद्योग, २४ पटक दुध, तेल र पानी उद्योग गरेर ३ सय ९ पटक समग्र अनुगमन कार्यालयले गरेको हो ।
पछिल्लो समय उपभोक्तामा चेतना बढेको कारण पनि कार्यालयमा गुनासो आउने गरेको र कार्यालयले तत्तकाल अनुगमन गर्ने गरेको थापाले सुनाए । कर्णाली प्रदेशका स्थानिय तहहरुमा गएर अनुगमन गरिएको हो ।

फरकबाटो ९ श्रावण २०७९, सोमबार १५:३७