वार्षिकोत्सवमा खाद्य सामाग्री सहयोग


सुर्खेत । वीरेन्द्रनर ८ मा रहेको लोटस मन्टेश्वरीले आफनो वार्षिकोत्सवको अवसरमा खाद्य समाग्री सहयोग गरेको छ ।

मन्टेश्वरीले आफ्नो ९ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार बादी सरोकार मञ्च नेपालद्धारा संरक्षित समुदायका छात्र छात्राहरुका लागि खाद्य सामाग्री सहयोग गरेको हो ।

लोटस मन्टेश्वरीका प्रधानाध्यापक कृष्णा शाहीले मन्टेश्वरीमा अध्ययनरत बालबालिकाको सहयोगमा समेत खाद्य समाग्री सहयोग गरिएको जानकारी दिनुभयो ।

उहाँले मन्टेश्वरीले हरेक वार्षिकोत्सवमा समाजिक गतिविधि गर्दै आएको जानकारी दिनुभयो । उहाँले अब बादी समुदायका दुई जना बालबालिकालाई निशुल्क पढाउने व्यवस्था पनि गर्ने बताउनुभयो ।