कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको (विशेष अधिवेशन) नवौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले हिजो राति १२ बजेदेखि अन्त्य हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते अधिवेशन बोलाइएको थियो ।