
सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सीटीईभीटीको) कर्णाली प्रदेश कार्यालयको भवन लागि जग्गाको टुंगो लागेको छ ।
सोमबार बसेको मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गाको टुंगो लगाएको हो ।
कार्यालयको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–५ कालिका प्रावि, नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको जग्गामा जग्गाको व्यवस्थापन गरिएको छ ।
सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिए ।

फरकबाटो २३ कार्तिक २०७८, मंगलवार ०८:३९