माओवादी केन्द्र परित्याग गरेका ठम्मर विष्ट एमालेमा प्रवेश

सुर्खेत ।  माओवादी केन्द्र परित्याग गरेका प्रदेश सभा सदस्य ठम्मर बहादुर विष्ट एमालेमा प्रवेश गरेका छन् । आज वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकता भेलामा उनले पार्टी प्रवेश गरेका हुन् ।

उनलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कंडेललगायतले स्वागत गरेका थिए । विष्टसहित माओवादी केन्द र अन्य पार्टीबाट केही व्यक्तिहरुले पार्टी प्रवेश गरेका छन् ।

विष्टले केही दिन अघि माओवादी केन्द्र परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उनलाई आज माओवादी केन्द्र संसदीय दलले दलको सदस्यताबाट निलम्बन गरेको थियो ।