एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू गठन

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियूले मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान तथा प्रबिधि केन्द्रिय क्याम्पस कमिटी गठन गरेको छ । सोमबार ३१ सदस्यीय विज्ञान तथा प्रबिधि केन्द्रिय क्याम्पस कमिटी गठन गरिएको हो ।

नवगठित कमिटीमा कविन्द्र तिमिल्सिनाले अध्यक्षको जिम्मेवारी पाएका छन् । यस्तै उपाअध्यक्षमा जय शाही र नुनिता कंडेल, सचिवमा जीवन केसी, सहसचिवमा कल्पना रेग्मी, लिसरा मगर, मिन चौलागाई र सरिता बिसी तथा कोषाअध्यक्षमा कमला ऐडि चयन भएका हुन् ।

अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य जनक धमलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम अनेरास्ववियू स्थायी कमिटी सदस्य मिलन बुढा क्षेत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।