माओवादी केन्द्रले ठम्मर विष्टलाई दलको सदस्यबाट निलम्बन गर्‍यो

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।

दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस विज्ञप्ति जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । विष्टले केही दिन अघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनले पार्टी परित्याग गरेसँगै सांसद पदबाट पनि राजीनामा दिएका थिए । विष्टले दलको विधान विपरित अभिव्यक्ति दिँदै आएको र सांसद पदबाट समेत राजीनामा दिएको सन्र्दभमा राजीनामा फिर्ता लिएर नियमित काममा फर्किन दिएको निर्देशनलाई अवज्ञा गरिएकाले दलको सदस्यबाट निलम्बन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।