
सुर्खेत । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको नेतृत्वमा वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा आज लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको विभिन्न कार्यक्रम गरि उद्घाटन गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० (२०७९ मंसिर ९ गते देखि २४ सम्म) यो अभियान विश्वभर मनाइन्छ ।
यो वर्ष अन्तराष्ट्रिय नारा UNITE! ACTIVISM TO END VIOLENCE AGAINST WOMEN AND GIRLS! का साथ विश्वभर र राष्ट्रिय नारा “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” का साथ नेपालभर मनाइदै छ । आज सामाजिक विकास मन्त्रालयबाट अभियानको उद्घाटन गरी वीरेन्द्रनगर नगरपालिकामा हस्ताक्षर संकलन गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयको नेतृत्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले हिंसा सामाजिक रोग भएकोले यसको उन्मुलनका लागि निरन्तर अभियान गर्नुपर्ने बताए ।
हिंसा काटमार र हत्या मात्रै नभएर कसैलाई बोलेर, छोएर पनि हुने भएकोले हरेक नागरिकले आफ्ना दैनिक व्यवहारहरुमा सचेत हुनुपर्ने बताए । जसरी विभिन्न सरुवा रोगहरु उन्मुलनका लागि निरन्तर खोप अभियान चलाइन्छ त्यसरी नै हिंसा उन्मुलनका लागि हिंसा विरुद्धका कार्यक्रमहरु निरन्तर गर्न जरुरी भएको बताए ।

कार्यक्रममा बालविवाह विरुद्ध साझा अभियान, आवाज, सुन्दर नेपाल, हुरेक नेपाल, सञ्चारिका समुह कर्णाली प्रदेश, फेडो, लगाएतका विभिन्न संघसंस्थाहरुको सहभागीता रहेको थियो ।

फरकबाटो ९ मंसिर २०७९, शुक्रबार १९:५२