आज प्रतिनिधि सभा बैठक बस्दै


सुर्खेत । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ । यस्तै, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् ।

गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

उक्त विधेयकमाथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । र, मन्त्रीले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।