
प्रदेश १ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आउँदो आइतबार विश्वासको मत लिने भएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन ।
आइतबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन हुनेछ ।दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन ।
नेकपा (एकीकृत समाजवादी) पार्टी भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । पार्टी विभाजन अघि एमालेसँग ५१ प्रदेशसभा सदस्य थिए ।
विभाजन पछि अहिले एमालेसँग ४१ जना मात्रै प्रदेशसभा सदस्य छन् । संसदमा बहुमत पु¥याउन ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग भने ५० प्रदेशसभा सदस्य छन् ।

फरकबाटो ५ कार्तिक २०७८, शुक्रबार १९:४४