प्रदेशसभा मै दोहोरिने भए एमाले नेता कँडेल

सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेल फेरी प्रदेश सभाकै निर्वाचन लड्ने भएका छन् । उनी सुर्खेत क्षेत्र नं २ (क) बाटै निर्वाचन लड्नका लागि सिफारिस भएका हुन् ।

नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रोपुर्ण बैठकले उनलाई सिफारिस गरेको हो ।

उनी प्रत्यक्षतर्फ सर्वसहमत एकल सिफारिस भएका हुन् । कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन् ।