कांग्रेसका बारा उपसभापतिसहित तीन नेता पार्टीबाट निष्कासित

सुर्खेत । नेपाली कांग्रेसले ३ जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हो।

कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं.४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठको) विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही स्वरुप पार्टीबाट निष्कासित गरिएको हो ।

ढुंगानाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम उनीहरुलाई पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरिएको बताएका छन् ।