स्वास्थ्य शिविरबाट ३ सय ११ जनाले लिए निशुल्क सेवा


सुर्खेत । नगर अस्पताल वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको स्वास्थ्य शिविरबाट ३ सय ११ जनाले निशुल्क सेवा लिएका छन् । विभिन्न रोगको उपचार तथा स्वास्थ्यजाँचबाट नागरिकहरुले सेवा लिएका हुन् ।

१ सय २१ जनाले आँखाको उपचार सेवा, १ सय २८ जनाले जनरल ओपिडि सेवा र ६२ जनाले पाठेघरको जाँच गराएका हुन् ।

वीरेन्द्रनगर नगर पालिका सुर्खेतको जन स्वास्थ्य शाखा, जर्बुटा स्वास्थ्य चौकी सुर्खेत, आँखा अस्पताल सुर्खेत र नेपाल परिवार नियोजन संघ सुर्खेतको समन्वयमा कार्यक्रमका आयोजना गरिएको नगर अस्पताल सुर्खेतका अस्पताल संयोजक उदय थापाले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका वडा न १३ का वठा अध्यक्ष भुपेन्द्र बहदुर दर्लामीको अध्यक्षतामा वीरेन्द्रनगर नगरपलिका सुर्खेतका नगर प्रमुख एवं नगर अस्पतालका अध्यक्ष देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।