एमाले दैलेख अध्यक्षमा शर्मा नै निर्वाचित

सुर्खेत । नेकपा (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा नै निर्वाचित भएका छन् । बुधबार भएको सातौं जिल्ला अधिवेशन अन्तरगतको निर्वाचनबाट अध्यक्षमा रविन्द्ररनज शर्मा निर्वाचित भएका हुन् ।

शर्माले जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्प्रर्धि सुर्यबहादुर शाहीले भने २६३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा ४५९ मत प्राप्तगरी प्रेम बहादुर बुढा विजयी भएका छन् । उनका प्रतिद्वन्दि टोप विसीले १९६ मत प्राप्त गरे । सचिवमा तिलक प्रसाद रिजाल विजय भएका छन् । रिजालले ३६५ मत ल्याउदा अर्का उमेदवार रूद्र शाहीले ३०२ मत प्राप्त गरेका छन् । उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित भएका छन् ।

यसअघि प्रतिनिधि भन्दा बढी मत खसेको भेटिएपछि स्थगित अधिवेशनमा बुधबार पुन मतदान भएको थियो ।

बुधबार बिहान ८ बजेदेखी शुरू भएको मतदान प्रक्रिया दिउँसो २ बजे सकिएको थियो ।