
सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत असार २८ गते पक्राउ परेर हिजो जिल्ला अदालत काठमाण्डौको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाण्डौ असनका तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर हिजो १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि पुनः प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तुलाधरलाई हिजो जिल्ला प्रहरी परिसर काठमाण्डौमै राखिएको र सोमवार आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने तयारी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते उनलाई काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको सानो भर्याङबाट पक्राउ गरेको थियो ।

फरकबाटो १ श्रावण २०८०, सोमबार ०९:५३