प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिवद्ध छ : मन्त्री विष्ट

सुर्खेत । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले खेलकुदको विकासका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

कर्णाली प्रदेश खेलकद विकास परिषद्द्वारा विरेन्द्रनगरमा आयोजित खेलकुद पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले पूर्वाधार विकासले मात्रै खेल क्षेत्र अघि नबढ्ने भन्दै खेलाडी उत्पादनलाई पनि जोडदिनु पर्ने बताए ।

प्रदेश सरकार नयाँ बजेट निर्माणको क्रममा रहेकोले खेलकुदको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समावेश गरिने उनको भनाई छ । संचारकर्मीसँगको अन्तरक्रियामा मन्त्री विष्टले खेल क्षेत्रको विकासमा संचार क्षेत्रको पनि भुमिका महत्वपुर्ण रहेको बताएका छन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठन पछि महत्वपुर्ण खेलकुद सम्वन्धी महत्वपुर्ण गतिविधिहरु भएको उनको भनाई थियो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलकुदको क्षेत्रमा समेत कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गरे ।