मानव अधिकारको संरक्षण गर्न हामी प्रतिवद्ध छौः भण्डारी

सुर्खेत । मानव अधिकारको उपभोग गर्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबीर भण्डारीले बताए ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा परियोजना परिचय तथा मानव अधिकार समुह गठन कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले मानव अधिकारको संरक्षण तथा संवर्द्धनको लागि पञ्चपुरी नगरपालिकाले इन्सेकसंग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाए । पञ्चपुररी नगरपालिकामा मानव अधिकारको संरक्षण हुनेछ भन्ने कुरामा विश्वस्त भएको नगरप्रमुखको भनाई छ ।

यस्तै कार्यक्रमको उद्देश्य, इन्सेकको परिचय र परियोजनाको बारेमा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका फोकल पर्सन दुर्गा थापाले प्रकाश पारेका थिए ।
कार्यक्रमका विशेष अतीथि पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति देवी रेग्मी, विद्या ज्योति मावि बाबियाचौरका प्राध्यापक कृष्णप्रसाद सापकोटा , सुर्यदया मावि सालकोटका धनिराम विक, पञ्चपुरी नगरपालिकाका वडा नं २, ३, ४, ५, ६, ७, ९ का अध्यक्षहरु र कार्यपालिका सदस्यको पनि सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नगर स्तरीय ११ जनाको मानव अधिकार समुह गठन पनि गरिएको छ। पदम सार्की, बिन्दु बुढा, कल्पना पुन, इन्द्रा विसी, विमला विक, धनरुपा विक, मोतिप्रसाद सापकोटा, अमर कार्की, रमेश ढुङगाना र गोरख विक गरी ११ जना सदस्यको कार्य समिति गठन भएको हो ।