अभिमूखिकरण कार्यक्रम सम्पन्न

 

सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक सहभागिता तथा नेतृत्व सम्बन्धी अभिमूखिकरण सम्पन्न भएको छ । नेत्रहिन यूवा संघ नेपाल शाखा सुर्खेतको आयोजनमा भेरीगंगा नगरपालिकामा दुई दिने अभिमूखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुले अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । राजनीतिक दलहरुले समावेशिकरणका मुद्दामा अनुदार रहेको भन्दै आगामी निर्वाचनले त्यसमा विराम लगाउनेमा आफु आसावादी रहेको सहभागिहरुको भनाई थियो ।

कार्यक्रममा शिखर माविका शिक्षक चन्द्रमणी पोखरेलले नेत्रहिन यूवा संघले अपाङ्गता सम्बन्धी बुझाईको सवालमा ज्योती फैलाउने काम गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अधिकार सुनिश्चितताको लागि काम गर्नुपर्ने उनले बताए ।

नेत्रहिन युवा संघ नेपाल शाखा सुर्खेतका अध्यक्ष शेर बाहादुर ओलीले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा खुला र समतामुलक अवसर दिईनुपर्ने र उक्त कुरा स्थानीय तहको निर्वाचनले प्रत्याभुति गर्नुपर्ने जोड दिए । साथै उनले अन्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि समेत स्थानीय तहमा अर्थपूर्ण सहभागिताको लागि प्रतिनिधित्व महत्वपूर्ण रहेको बताए ।