
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच शनिबार वीरेन्द्रनगरमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा कर्णालीमा विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको संभावना धेरै भएपनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको बताए । उनले अहिलेको ३३ केभी प्रसारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको जानकारी दिँदै १३२ केभी प्रसारणलाइनको काम चाँडो सम्पन्न गर्न आग्रह गरे । उनले जनसंख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै त्यो कर्णालीका लागि अन्याय हुने बताए ।
यस्तै निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पु¥याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए । । यस्तै उनले कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए ।

फरकबाटो २८ फाल्गुन २०७८, शनिबार १४:३५