सिरहामा स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ


सुर्खेत । सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रवार हिजो दिउँसो सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो ।

बा १२ प १६३७ नम्बरको मोरटसाइकलमा रहेका साहको शरीरमा बेरेर राखिएको दुई लाख २० हजार नेपाली रुपैयाँ र भारतीय रकम ४६ हजार एक सय रुपैयाँ, मोरटसाइकलमा लुकाएर राखेको छ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० रुपैयाँ बरामद भएको हो ।

प्रहरीले साहलाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।