७ अंकले बढ्यो नेप्से परिसुचक, कारोबार रकम २ अर्ब ३० करोड

सुर्खेत । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य अंकले उकालो लागेको छ । बिहिबार नेप्से परिसुचक ७ दशमलव २७ अंकले बढेको हो । आज नेप्से परिसुचक शुन्य दशमलव ३८ प्रतिशतले बढेर १९३९ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगैै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०५ अंकले बढेको छ । आज दिनभर भएका ४३ हजार १ सय २८ कारोबारबाट २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९ सय ३१ पुुगेको छ ।