कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ् निर्वाचित


सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ् निर्वाचित भएकी छन् । नेकपा एमाले सुर्खेतबाट निर्वाचित उनी आज भएको निर्वाचनबाट २४ मत प्राप्त गरि सभामुखमा निर्वाचित भएक हुन् ।

कर्णाली प्रदेश सभामा आज भएको सभामुखको निर्वाचनमा जम्मा ३८ जनाले मतदात गरेका थिए । नेपाली काँग्रेसका खड्कबहादुर पोखरेलले १४ मत प्राप्त गरेका थिए ।

दोस्रो ज्येष्ठताका आधारमा सभाको अध्यक्षता नेपाली काँग्रेस कालिकोटबाट निर्वाचित हिक्मत बहादुर विष्टले गरेका थिए ।

नेपाली काँग्रेसलाई नेकपा एकिकृत समाजबादी रुकुमपश्चिमबाट निर्वाचित कल्याणी खड्काले समेत मतदात गरेकी थिइन् । यता एमालेकी उम्मेदवार गुरुङ्लाई राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतबाट निर्वाचित सन्तोषी शाहीले मतदान गरेकी हुन् ।

जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाहीले भने कसैलाई पनि भोट नहालेको कर्णाली प्रदेश सभा सचिवालयका सुचना अधिकारी उपेन्द्र गुरुङ्ले जानकारी दिए ।