सुर्खेत । नेपाल पत्रकार महासंघले बरिष्ठ पत्रकार बबिता बस्नेत र बन्दना राणाविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण जनाएको छ । बरिष्ठ पत्रकार बस्नेतले लेखेको लेख र राणाले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिलाई लिएर बहिस्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद् घटना भएको महासंघले जनाएको छ ।
बुधबार महासंघले प्रेस विज्ञप्तिमार्फत बस्नेत र राणाले राखेको विचारका कारण हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनुका साथै लोकतान्त्रिक समाजलाई नसुहाउँने बताएको छ ।
महासंघले वरिष्ठ पत्रकार तथा सम्पादकीय नेतृत्वमा रहेका बस्नेत र राणा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रताका अभियन्ता रहेको जनाएको छ । कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
फरकबाटो २५ फाल्गुन २०७८, बुधबार २१:३८