
सुर्खेत । कर्णाली प्रदेशसभाबाट विनियोजन र आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको दुई वटा विधेयक पारित भएका छन् ।
मंगलबार बसेको प्रदेश सभाको नवौँ अधिवेशनको चौधौँ बैठकबाट कर्णाली प्रदेश विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयकको रुपमा रहेको कर्णाली प्रदेश विनियोजन २०७८ सर्वसम्तले पारित भएको हो ।
यस्तै आर्थिक अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयकको रुपमा रहेको प्रदेश आर्थिक विधेयक २०७८ पनि सर्वसम्मतीले पारित भएको छ ।
प्रदेश सरकारले प्रदेश सभा संचालन नभएको अवस्थामा चालु आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको थियो । कर्णाली प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

फरकबाटो २४ फाल्गुन २०७८, मंगलवार १९:२२