सुर्खेत । शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण भए पछि सुर्खेतमा एक विद्यालय बन्द गरिएको छ ।
वीरेन्द्रनगर १२ मा रहेको अमर ज्योति माविका शिक्षक र विद्यार्थीहरुलाई कोरोना संक्रमण देखिए पछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाका अनुसार १२ जना विद्यार्थी र दुई जना शिक्षकलाई कोरोना संक्रमण भएको हो ।
एक सय जनामा कोरोना परीक्षण गर्दा १२ जना विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको उनको भनाई छ । उनले विद्यालय एक साताका लागि विद्यालय बन्द गरिएको जानकारी दिए ।
फरकबाटो २५ पुष २०७८, आईतवार १९:३९