एमयूद्वारा भाषा तथा व्यवसायिक सिप विकास केन्द्र स्थापना

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यवसायिक सिप विकास केन्द्र स्थापना गरेको छ । विशेष गरेर विभिन्न भाषाहरुको अध्ययन र व्यवसायिक सिप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।

मंगलबार विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्द बहादुर सिंहले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको कार्यालय वीरेन्द्रनगर ८ खजुरामा स्थापना गरिएको हो । उनले मध्यपश्चिम विश्वविद्यालयले नियमित प्राज्ञिक गतिवधि बाहेक अन्य भाषा र सिप सिकाउन अग्रसर भएको बताए । उनले विश्वविद्यालयले विश्वका जुनसुकै ठाउँमा गएर पनि टिक्न सक्ने विद्यार्थीहरु उत्पादनमा जोड दिएको बताए ।

केन्द्रका कार्यक्रम निर्देशक चित्रबहादुर खत्रीले यस केन्द्रबाट संयुक्त राष्ट्र संघका प्रमुख ६ वटा भाषाहरु, रोजगारका लागि नेपालीहरु धेरै जाने देशहरुको भाषा अध्ययन गराउनुका साथै व्यवसायीक डिप्लोमा कोषहरु बनाएर र घरेलु कामदारका लागि पाठ्यक्रम बनाएर बनाएर सीप विकासका लागि सिकाइने जानकारी दिए ।

उनले तत्तकाल कोरियन भाषा संचालनको तयारी गरेको जानकारी दिए । उनले कोरियन भाषा संचालनका लागि भोलिदेखि निवेदन माग गर्ने गरिने र चैत १६ गतेदेखि कोरियन भाषाको कक्षा संचालन हुने बताए ।